Rule 53
लिलाम बिक्री सम्बन्धी व्यवस्था
(१) नियम ५२ बमोजिमको कारवाई गर्दा पनि कर असुल नभएमा कर अधिकृतले देहाय बमोजिमको प्रक्रिया पुर्याई करदाताको सम्पत्ति पूर्ण वा आंशिक रूपमा लिलाम बिक्री गरी कर असुल गर्न सक्नेछः–
(क) लिलाम बिक्री गर्नु पर्ने सम्पत्ति एकीन गरी सो सम्पत्ति र लिलाम बिक्री गर्नु पर्ने कारण तथा लिलाम बिक्री हुने स्थान र
मिति समेत उल्लेख भएको सूचना लिलाम हुने मितिभन्दा कम्तिमा पन्ध्र दिन अगावै सार्वजनिक रूपमा प्रकाशित गर्ने ।
(ख) लिलाम गर्दा लिलाम गर्ने वस्तु रहेको स्थानको गाउँ विकास समिति वा महा/उप/महा/नगरपालिकाको एक जना प्रतिनिधि
वा नजीकको सरकारी कार्यालयको एक जना प्रतिनिधि र सम्भव भएसम्म करदाता वा निजको प्रतिनिधि समेतलाई साक्षी राख्ने ।
(२) उपनियम (१) बमोजिम लिलाम बिक्री गरी प्राप्त हुन आएको रकमबाट सर्वप्रथम लिलामसम्बन्धी सम्पूर्ण खर्च असुल गरी बाँकी रहन आएको रकमबाट करदाताले तिर्नु पर्ने कर, दस्तुर, जरीवाना र ब्याजको रकम असूल उपर गरी बढी भए जति रकम करदातालाई फिर्ता गर्नुपर्नेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करदाताको सम्पत्ति लिलाम हुनु अगावै करदाताले लिलामसम्बन्धी सम्पूर्ण खर्च, तिर्न बुझाउन पर्ने कर, दस्तुर, जरीवाना र ब्याज समेतको सम्पूर्ण रकम दाखिल गर्न ल्याएमा असुल उपर गरी लिलाम बिक्री बन्द गर्नुपर्नेछ ।
(४) नियम ५२ मा जुनसुकै कुरा लेखिएको भए तापनि करदाताले तिर्नुपर्ने करअसुल गर्न बाँकी छँदै कुनै बैंक वा वित्तीय संस्थामा निजको नाममा रकम जम्मा भएको जानकारी कर अधिकृतलाई प्राप्त भई त्यस्तो रकम असूल भएमा सो बाँकी कारवाही बन्द गर्नु पर्नेछ ।
(५) आंशिक असूली हुने भएमा क्रमशः लिलामसम्बन्धी खर्च, ब्याज, दस्तुर, जरीवाना र करको रकम असूल गरिनेछ ।